
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी पीडितलाई राहत लिएर मुगु गएका छन् ।
उनी अहिले बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत मुगुको गमगढी गएका हुन् । आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण गरिने छ । मुख्यमन्त्री शाहीले त्यहाँको अवलोकन र स्थानीय प्रशासनको सिफारिसमा थप राहत उपलब्ध गराइने बताउनु भएको छ ।
सोमबार राति गमगढी बजारमा आगलागी हुँदा २१ वटा घरमा क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार १८ वटा घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको हो ।


फरकबाटो १ मंसिर २०७८, बुधबार ०८:३३