सुर्खेतमा शान्तिपुर्ण तरिकाले मतदात सुरु

सुर्खेत । सुर्खेत जिल्लामा शान्तिपुर्ण तरिकाले मतदान सुरु भएको छ । जिल्लाका १ सय ३९ मतदान स्थल र २ सय ९३ मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले नै समयमै निर्वाचन सुरु भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सुर्खेत जिल्लामा २ लाख ४३ हजार ६ सय १६ रहेका छन् ।

दुईवटा क्षेत्र नं रहेको सुर्खेत जिल्लामा हालसम्म कुनैपनि अवरोध नभएको र शान्तिपुर्ण तरिकाले नै निर्वाचन भइरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।