कर्णालीमा औलोका बिरामी ३२ जना


सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी ३२ जना भेटिएका छन् । चालु आर्थिक वर्ष २०७८\ ०७९ मा कर्णाली प्रदेशमा ३२ जना बिरामी भेटिएका हुन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सबै भन्दा बढी सुर्खेतमा भेटिएका छन् । सुर्खेतमा १४ जना रहेका छन् ।

यस्तै मुगुमा ६ जना, कालिकोटमा पाँच जना, दैलेख र रुकुमपश्चिममा एक\एक जना जना, सल्यानमा दुई जना रहेका छन् । जाजरकोट, जुम्ला र सल्यानमाभने औलो बिरामी नरहेको निर्देशनालयले जनाएको छ ।

सोमबार निर्देशनालयले औलो नियन्त्रण तथा उपचारमा गरिएको प्रयास र प्रगतिका बारेमा जानकारी गराएको छ । सरकारले अपनाएको औलो नियन्त्रण योजना अनुसार कर्णाली प्रदेशमा नियन्त्रण तथा उपचारमा लागिररहेको निर्देशनालयले जनाएको छ ।

सन् २०२५ सम्म नेपाललाई पुर्ण औलो मुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति, स्थानीय मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य अनुसार काम भइरहेको जनाइएको छ ।