![]()
जुम्ला । जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग १ झ ५८८४ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पातारासी–७ रिनीकी ४६ वर्षीया दन्दकली बोहोराको मृत्यु भएको हो ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

फरकबाटो ४ मंसिर २०७८, शनिबार १८:३८