देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्यमन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन आग्रह गरेको छ । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोषणविद् अरुणा उप्रेतीले आफ्नै करेसाबारी र घर आँगनमा पाइने हरियो साग सब्जीमा भिटामिन ‘ए’ पाइने भएकाले यस्ता खानेकुरा खान सुझाव दिएकी छन्
। गाउँघरमा सजिलै पाइने लट्टेको सागमा गहुँमा भन्दा बढी रेसादार र लौहतत्व पाइने उनले बताइन् । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि लट्टेको सागमा पाइने बताइन् ।