
सुर्खेत । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार मृत्यु हुनेहरुमा इलाममा मात्र ३७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार पाँचथरमा पहिरोमा परी १ र खोलाले बगाएर १ गरी २ जनाको मृत्यु भएको हो । यस्तै उदयपुरमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको हो ।
यस्तै रसुवामा ४ र इलाममा १ गरी ५ जना हराइरहेका छन् । घाइतेको सङ्ख्या १६ पुगेको छ । घाइतेमध्ये इलाममा ८, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन् ।
अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वर्षाकैबीच पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाले पनि ज्यान गुमाएका छन् ।

फरकबाटो १९ आश्विन २०८२, आईतवार १८:४९