एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय

सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन राष्ट्रिय परीक्षा बोर्डले ६ महिनाको समय दिएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ ।

प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने प्रावधान रहेको छ ।

यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियममा उल्लेख छ ।