प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शनिबार बिहान १० बजे बालकोट पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको छ।

ओलीसँगको भेटमा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमाले फुटाउन अध्योदश ल्याएको, एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको,परामादेशबाट आफूलाई सरकारबाट विस्थापित गरेको भन्दै ओली रुष्ट बनेका छन् । ओली र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।