सुर्खेतमा एमाले उम्मेदवारका बागी खत्रीद्वारा उम्मेदवारी फिर्ता

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क बहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

कर्णालीको पुर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेको खत्रीलाई पार्टीले सिफारिस गरेपनि केन्द्रबाट टिकट शर्मालाई आएपछि बागी उम्मेदवारी दिएका थिए । पार्टीभित्र देखिएको समस्या समाधान भएपछि खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै प्रतिनिधिसभामा धुर्बकुमार शाही, प्रदेशसभा (क) मा ठम्मरबहादुर बिष्ट र (ख) मा डन्डीप्रसाद शर्मा ले टिकट पाएका हुन् ।