पञ्चपुरी नगरपालिकाको ४ वटा वडाको मत परिणाम सार्वजनिक

सुर्खेत । स्थानीय तह निर्वाचन अन्तरगत पञ्चपुरी नगरपालिकामा ११ वडा वडा मध्य चार वटा वडाको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतको कार्यालया अनुसार वडा नं १ मा नेकपा एमालेका कर्ण बहादुर थापा मगर विजयी भएका छन् । उनले ४७९ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै वडा नं २ मा नेपाली काँग्रेसका यामबहादुर बिसीले ७२५ मत ल्याएर विजयी भएका छन् । वडा नं १० मा नेपाली काँग्रेसका हरि प्रसाद ढकालले ६६१ मत ल्याएर विजयी भएका छन् भने वडा नं ११ मा पनि नेपाली काँग्रेसका धन बहादुर माँझिले ४९४ मत ल्याएर विजयी भएका हुन् ।