वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरी उनकै नाती

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरी सहायक हवल्दार उनकै नाती रहेको बताइएको छ ।

हिजो राती करिब साढे ९ बजे नेता पुनको दाई को घरमा गोली चल्दा ७० वर्षीय आमा तिर्थमाली पुन घाइते भएकी थिइन् । उनको हाल उपचार भइरहेको छ । गोली हान्ने प्रहरी सहायक हवल्दारलाई  नियन्त्रण गरि प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

प्रहरी सहायक हवल्दारले आफ्नै हजुरआमा नातापर्ने लाई किन गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।