बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुख व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि मृत्यु र बेपत्ता भएकोप्रति दुख व्यक्त गरेका छन् ।
आज शोक वक्तव्य जारी गर्दै प्रदेशका विभिन्न जिल्लामा भएको विपद्का घटनाले आफुलाई दुखि तुल्याएको बताएका हुन् ।

वक्तव्यमा उनले भनेका छन् , “यस वर्ष अविरल बेमौसमी वर्षात कारण कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, सल्यान, सुर्खेत लगायत देशैभर मानविय क्षती सँगँंगै पाकिसकेका बालीनाली लगायत ठुलो भौतिक संरचनाहरुमा ठुलो क्षती पुरयाएको छ । कर्णालीमा वर्षेनी हुने यस्ता घटनाले मलाई अत्यन्त दुखीत तुल्याएको छ ।”

कालिकोट तिलागुफा–४ राँचुल्ली गाँउमा मलामी गएकाहरु मध्ये पहिरोमा र बाढीमा परि “निर्वाचित वडा अध्यक्ष सहित १३ जनाको मृत्यु भएको प्रति उनले दुख व्यक्त गरेका छन् ।

साथै प्रदेश प्रमुख परियारले मुगु, हुम्ला, दैलेख, सल्यान लगायतका जिल्लामा बाढी पहिरोमा परि मृत्यु भएकोप्रति आफुलाई स्तब्ध बनाएको बताएका छन् ।
प्रदेश प्रमुख परियारले दुखको यस घडिमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापना एवम् जोखिममा परेका वस्तीको स्थानान्तरणमा तिनै तहका सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराएका छन् ।