
सुर्खेत । कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ । प्रदेश अस्पतालका अनुसार आइतबारदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिए । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उनको भनाई छ । अहिलेसम्म सुर्खेत आँखा अस्पतालमा मात्रै आँखाको उपचार हुन्थ्यो ।
प्रदेश अस्पतालका अनुसार आँखा उपचार सेवाका लागि दुई जना आँखारोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । उनले भने, ‘अस्पतालमै भर्ना भएका बिरामीहरुको आँखा हेर्नुपर्ने हुन्छ ।
चोटपकट लागेकोको बिरामीहरु आउँछन् । उनीहरुलाई आँखाको उपचार सेवा दिनुप¥यो भने छुट्टै अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । अब बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।’ उनले यही आर्थिक वर्षमा तत्तकाल आँखाको शल्यक्रिया सेवा पनि सुरु गरिएको जानकारी दिए ।

फरकबाटो १६ माघ २०७८, आईतवार १४:३२