सल्यानमा पहिरोमा परि चार घर पुरिए

फाइल फोटो

सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–५ सल्लाममा पहिरोमा परि चार घर पुरिएका छन् ।

स्थानिय देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।