भारतमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु


सुर्खेत । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु भएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजो मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।