सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मी बिच झडप

सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबिच झडप भएको छ । वीरेन्द्रनगरको मंगलबढी चोकमा बन्दकर्ता र सुरक्षाकर्मीबिच ढुङ्गामुढा भएको हो ।
एमसिसि सदनबाट अनुमोदन भएको बिरोधमा विप्लप सहित विभिन्न राजनितीक दलहरुले नेपाल बन्दको आव्हान गरेका थिए ।

सोही बमोजिम सुर्खेतमा समेत बन्दको प्रभाव बिहानै देखी परेको थियो ।

सुर्खेतका पिपिरा चोक, ऐरी चोक लगाएत मंगलगढि चोकमा बन्दकर्ताहरुले बिहानैदेखी सडकमा टायर बाल्ने र स्थानिय बजार समेत बन्द गराउँदै हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान टायर बाल्ने र स्थानिय बजारहरु बन्द गराउँदै हिँडेपनि अहिले भने सामान्य झडप भएको हो ।