
सुर्खेत । शहिद याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतले मानव सेवा आश्रमलाई एक दिन बराबरको खाद्य तथा फलफुल सामग्री सहयोग छ । आइतबार प्रतिष्ठानले मानव सेवा आश्रमलाई शहिद विसीको ३४ औँ जन्म जयन्तीको अवसरमा खाद्य तथा फलफुल सहयोग गरेको हो ।
हरेक वर्ष शहिद बिसीको जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले सहयोग गर्दै आएको छ । आश्रमलाई एक दिन बराबरको चामल, तेल, दुध, हरियो तरकारी तथा फलफुल सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।
शहिद बिसीको सम्झनामा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र आगमी दिनहरुमा समेत यस्ता कार्यक्रम गर्दै जाने अध्यक्ष बुढाको भनाई छ ।

फरकबाटो २८ कार्तिक २०७८, आईतवार १४:०३