सुर्खेत । अब कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यहीँ हप्ताबाट सुरू गर्ने भएको हो।
यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले जानकारी दिए।
निर्देशक खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लक्ष्य लिएको र लक्ष्य पुरा गरेको बताए।
यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५ सय शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहको उनले बताए।
अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरेको थियो।


फरकबाटो ९ माघ २०७९, सोमबार २०:२४