तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा बाल संरक्षण सम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । शनिबारदेखि बागेश्वरी असल शासन क्लबका कर्णाली संयोजक धीरेन्द्र शाहीको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको सहकार्य, युनिसेफको सहयोगमा र बागेश्वरी असल शासन क्लबको आयोजनामा बालबालिका र किशोरीहरूलाई तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । वीरेन्द्रनगर नगरपालिकाका भित्रका विभिन्न वडाका बाल समूहका र किशोरी संवादका बालबालिका र किशोरीलाई तालिम दिइएको हो ।

तालिमको पहिलो दिन बागेश्वरी असल शासन क्लबका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले बालबालिकाको हकहितको सुनिश्चितताका लागि बाल अधिकार , बाल संरक्षण र बालविवाह ऐन कानुन सम्बन्धी प्रशिक्षण दिएका थिए । बालबालिका तथा किशोरीहरुको क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा बागेश्वरी असल शासन क्लब सुर्खेत शाखाका कोषाअध्यक्ष भगवती विसीले बालबालिका तथा किशोरीलाई कार्यक्रममा स्वागत गरेकी थिइन् । बागेश्वरी असल शासन क्लबका केन्द्रीय जनसम्पर्क अधिकृत माधव कार्कीको सहभागी रहेको थियो ।