हुम्लाका सबै स्थानीय तहमा सत्ता गठबन्धनको बागी उम्‍मेदवार

हुम्ला । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लाका सात स्थानीय तहमध्‍ये ६ पालिका अध्‍यक्ष र ७ उपाध्‍यक्षमा बागी उम्‍मेदवारी परेको छ ।

लामो अभ्यासपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ७ वटा स्थानीय तहमा चुनावी गठबन्धन भएको थियो । जसमा माओवादीले हुम्लाका चंखेली, ताजाँकोट, सिमकोट, नाम्खा गाउँपालिका अध्यक्ष तथा कांग्रेसले अदानचुली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा अध्‍यक्षको उम्‍मेदवारी दिने सहमति भएको थियो । तर सबै पालिकामा वागी उम्मेदवारी परेको हो ।