प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन नपर्ने


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नपर्ने सत्ता गठबन्धन बैठकले निष्कर्ष निकालेको छ। शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने पनि संवैधानिक व्यवस्था नभएको उनको भनाइ थियो। अहिले त विश्वासको मत लिनुपर्ने किसिमको संवैधानिक व्यवस्था छैन। त्यस्तो आवश्यकता परेको छैन’, बैठकपछि पत्रकारसँग बोल्दै उनले भने।

सरकारलाई समर्थन दिएको रास्वपाले शुक्रबार फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने वा नलिनेबारे चर्चा भइरहेको थियो।