कर्णाली प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी


सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका तर्फबाट खड्कबहादुर पोखेरेल र नेकपा एमालेका तर्फबाट नन्दा गुरुङ्को उम्मेदवारी परेको कर्णाली प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार आज दावी विरोध नपरेको र भोली उम्मेदवारको प्रस्ताव फिर्ता तथा नामावली प्रकाशन र सभा समेत भएकोले भोलीनै कर्णालीका सभामुखको टुङ्गो लाग्नेछ । कर्णाली प्रदेश सभाको बैठक बिहान ११ बजे तोकिएको छ ।