
सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं १ (ख) दैलेख क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष तर्फ दश जनाको नाम शिफारिस गरेको छ ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं १ (ख) दैलेख क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्र नं १ कार्यसमितिमा नाम शिफारिस गरेको हो ।
जसमा यामबहादुर मल्ल , मनोजकुमार थापा, भदे बुढामगर , खेमराज केसी, टेकबहादुर कटुवाल , झलक भण्डारी , बासना थापा , देबेन्द्र थापा, प्रकाश पौडेल , भुपेन्द्र शाही रहेका छन् ।
भदौ १३ गते बसेको बैठकले उनीहरुलाई प्रत्यक्षतर्फ शिफारिस गर्ने निर्णय गरेको थियो ।

फरकबाटो १७ भाद्र २०७९, शुक्रबार २१:३८