१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५÷५ गोलले पराजित भएको थियो ।

उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।

चार देश सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।