एमालेले सुर्खेतका नौ वटै पालिकाको प्रमुख /उपप्रमुख उम्मेदवारको टुंगो लगायो

सुर्खेत । नेकपा एमालेले सुर्खेतका नौ वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारहरुको टुंगो लगाएको छ । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहन माया ढकाल र उपप्रमुखमा निलकण्ठ ढकाललाई उम्मेदवार बनाएको छ ।

यस्तै भेरीगंगा नगरपालिकाको प्रमुखमा यज्ञ प्रसाद ढकाल र धनसरा बोहरा, गुर्भाकोट नगरपालिकाको प्रमुखमा तिलक खत्री र उपप्रमुखमा शुसिला विश्वकर्मा, पञ्चपुरी नगरपालिकाको प्रमुखमा धन बहादुर थापा, उपप्रमुखमा दुर्गादेवी जैशी, लेकवेशी नगरपालिकाको प्रमुखमा देव राना र उपप्रमुखमा विमला खडलुकलाई उम्मेदवार बनाएको छ ।

यस्तै चौकुने गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद अधिकारी र उपाध्यक्षमा निर्मला राना मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा घनश्याम पाण्डे र उपाध्यक्षमा दुर्गा विष्ट, चिङ्गाड गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा मिना कुमारी रोकाय, सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐन बहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीलाई उम्मेदवार बनाएको हो ।