कर्णालीका खेलाडीविरुद्ध चार टिमको ‘प्रोटेस्ट’

काठमाडौं । कर्णालीका एथलेटिक्स खेलाडी दुर्गाबहादुर बुढाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका छन् ।

एथलेटिक्सतर्फको राष्ट्रिय प्रतियोगिताको तेस्रो दिन सञ्चालन हुने पुरुष स्टिवल चेज इभेन्टमा कर्णाली प्रदेशबाट सहभागी दुर्गाबहादुरविरुद्ध त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब सहित गण्डकी प्रदेशले प्रोटेस्ट दर्ता गरेका छन् ।

बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागीता खारेजीको माग गरेका छन् ।

चार टिमले बुढाको सहभागीताले न्युनतम सुविधाको बावजुत आफ्नो क्षमता प्रर्दशन गर्ने खेलाडी हतोत्साहीत हुने भएकाले सहभागिता खारेजीको माग गरेका हुन् ।

पुलिसका टिम कोच भुमिराज राई, एपीएफका टिम कोच पदमराज भाट, आर्मीका टिम कोच रमिर तामाङ र गण्डकी प्रदेश एथलेटिक्स टिम प्रशिक्षक गोवबहादुर अधिकारीले प्राविधिक उप समितिका संयोजक हिमालराज दाहाललाई पत्र लेख्दै प्रोटेस्ट दर्ता गरेका हुन् ।