माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा बिमला केसी

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा बिमला केसी सर्वसम्मत निर्वाचित भएकी छन् ।

वीरेन्द्रनगरमा भएको सम्मेलनले दुई सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो ।

प्रदेश कमिटी सदस्यहरुबाट अध्यक्षमा केसीलाई निर्विरोध गरिएको हो । केसी कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री समेत हुन् । अन्य पदाधिकारीमा भने टुंगो लागेको छैन् ।