प्रचण्डको निर्देशनमा कर्णालीमा मन्त्री फेरिँदै

दुई मन्त्री फिर्ता बोलाउने माओवादीकाको तयारी, सम्भावित मन्त्रीमा कृष्णा शाह र रातो कामी

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा कर्णालीमा मन्त्री फेरिँने भएका छन् । माओवादी केन्द्रले दुई मन्त्री फिर्ता बोलाई समावेशी तरिकाले दुई जनालाई मन्त्रीमा शिफारिसको तयारी गरेको हो ।

अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाउने तयारी माओबादी केन्द्रले गरेको छ भने नयाँ मन्त्रीमा सांसद कृष्णा शाह र रातो कामीलाई शिफारिस गर्ने तयारी गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेश भण्डारीले पार्टी अध्यक्ष बाटै मन्त्री फिर्ता बोलाउने निर्देशन भएको जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले असमावेशी मन्त्रिपरिषद् गठन गरेको भन्दै चौतर्फि विरोध भइरहेको थियो । उच्च अदालत सुर्खेतमा समेत अधिकारकर्मी टिका विष्ट र अधिवक्ता शेरबहादुर केसीले रिट समेत दायर गरेका थिए ।