दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित

सुर्खेत । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित भएका छन।

गत डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोगपछि निलम्बित युनलाई गत महिना औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनि दक्षिण कोरियाको इतिहासमा पदमा रहेकै समय पक्राउ पर्ने पहिलो राष्ट्रप्रमुख बनेका थिए । यद्यपि, पछि उनलाई प्रक्रियागत आधारमा रिहा गरिएको थियो।

युनलाई सियोलको अदालतले सुनुवाईमा उपस्थित हुन आदेश दिएको थियो र भूमिगत पार्किङ स्थलबाट प्रवेश गर्ने उनको अधिकार खोसिएको थियो। यसको अर्थ उनले पहिलो पटक मिडिया स्क्रम (पत्रकारको प्रश्नको सामना गर्नुपर्ने)व्यवस्था भएको थियो ।

सुट र रातो टाईमा सजिएका युन अदालतमा उपस्थित हुँदा पत्रकारको कुनै पनि प्रश्नको जवाफ नदिई अगाडि बढेका थिए ।

यसअघिका सुनुवाइमा पूर्व राष्ट्रपतिले ९० मिनेटभन्दा बढी बोल्लेको थियो र आफूले विद्रोह गरेको कुरा अस्वीकार गरेका थिए ।

सन् १९७९ मा भएको ‘कू’ मा दुई जना सैन्य नेतापछि विद्रोहको लागि दोषी ठहरिने युन दक्षिण कोरियाका तेस्रो राष्ट्रपति हुनेछन् ।

विद्रोहको अभियोगमा युनलाई आजीवन कारावास वा अधिकतम सजाय वा मृत्युदण्डको सजाय हुन सक्छ।

दक्षिण कोरियामा सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाइएको छ त्यसैले उनलाई मृत्युदण्डको सजाय हुने सम्भावना कम छ ।

मे महिनाको सुरुमा अभियोजनकर्ताहरूले युनलाई सैनिक कानुन ९मार्शल ल०को घोषणालाई लिएर शक्तिको दुरुपयोग गरेको अभियोगमा बिना नजरबन्द अभियोग लगाएको थियो ।

पूर्व प्रथम महिलाका लागि ठूलो उपहार लिएको आरोपमा उनकी पत्नी किम किओन ही र एक मध्यस्थको संलग्नता रहेको आरोपमा अनुसन्धानको क्रममा अनुसन्धानकर्ताहरूले सोलस्थित युनको निजी निवासमा छापा मारेको एक दिनपछि यो अभियोग लगाइएको हो।