झापा ५ बाट केपी ओली दोब्बर बढी मतले बिजयी

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर बढी मतले बिजयी भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्प्रर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ४ सय ७३ मत प्राप्त गरेका हुन् ।
ओली २८ हजार ८ सय ४६ मतान्तरले विजयी भएका हुन् । अध्यक्ष ओलीले २०७४ सालमा एमाले, माओवादी र राप्रपा सहितको गठबन्धनबाट ५७ हजार १ सय ३९ मत ल्याएका थिए । त्यस बेला अहिलेकै प्रतिष्पर्धी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । त्यस बेला ओलीले २८हजार ८ सय ४२ मतान्तरमा बिजयी हाँसिल गरेका थिए । ओली २०७४ मा नेपालमै सबै भन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार हुन्