सल्यान बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ जना घाइते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयले दुर्घटनामा परेर नौ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते पुष्टी गरेको छ ।

कपुरकोट गाउँपालिका ५ खारखोला स्थित दाङ सल्यान सडकखण्डको राप्ती राजमार्गमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा.१ ख. २५५२ नम्बरको बस आज दुर्घटना भएको हो ।

बसमा ३१ जना सवार थिए । घाईतेहरुलाई नेपाल प्रहरीको र सशस्त्र प्रहरीको टोलिले उद्धार गरी उद्दार गरी उपचारको लागी सल्यानको श्रीनगर पठाइएको कार्यालयले जानकारी दिएको छ । चालक भने फरार छन् । उनको खोजि भइरहेको प्रहरीको भनाई छ ।