गुडीरहेको भ्यानबाट खस्दा दुई जना घाइते

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाटमा गुडीरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । सुर्खेत बजार क्षेत्रबाट मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यान बड्डिचौर तर्फ जादैँ गर्दा गिरीघाट नजिकै अचानक भ्यानको ढोका खुल्दा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा चौकुने गाउँपालिका–३ सुर्खेतकी १५ वर्षीया चन्द्रा सलामी र भगवतीमाई गाउँपालिका–२ दैलेखकी ३ वर्षीया बालिका मनिषा विक रहेका छन् ।

दुवै जनाको सुर्खेत अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताए । चालक र भ्यान जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेको उनको भनाई छ ।