महाअभियोगलाई संसद पुनर्स्थापनासँग जोड्दै जबराले सोधे, ‘दण्डित भए सबै हुनुपर्दैन ?’

सुर्खेत। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् ।

सांसदहरुको एक एक प्रश्नको जवाफ दिइरहेका प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग जोडेका छन् । उनले कारबाही गर्ने भए पाँचै जनामाथि गर्नुपर्ने भन्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण माग गरेका छन् ।

‘२८ गते (प्रतिनिधिसभा पुनर्स्थापना भएको दिन) अगाडि मैले के गरे रु २८ गते पछि मैले के गरे रु र म माथि प्रस्ताव ( महाअभियोग) आयो र ?’ उनले प्रश्न गरे ।

उनले आफूबाहेक प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको पनि स्मरण गरे । जबराले भने, ‘गलत भए पाँचै जना गलत हुन्छ । नेतृत्व सबै कुरा हैन, दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’

सांसद यशोदा सुवेदी गुरुङले फैसला विवादास्पद भएको र त्यस विषयमा चेक एण्ड ब्यालेन्स गर्ने अधिकार संसदलाई भएको बताइन् । ‘तपाईंलाई चेक एन्ड ब्यालेन्स गर्न पाउने संसदको अधिकार नै हो । यहाँ उठेका प्रश्नलाई कसरी लिइरहनुभएको छ ?’ उनले प्रश्न गरिन् ।

जवाफमा जबराले आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थता बुझाउनु आफ्नो दायित्व भएको बताए ।

साभार अनलाइन खबर