वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ


सुर्खेत । वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।

वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक–पटक अमर्यादित व्यवहार गरेको भन्दै गत आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । उजुरीपछि आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो ।

गत पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाको भेलामा अध्यक्ष र अन्य सदस्यबीच छलफलका क्रममा अधिकारीले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।