एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले एपीएफमाथि २५-१६ २७-२५ र २५-१९ को स्कोरमा जित निकालेको हो । पुलिस अपराजित रहदै च्याम्पियन बनेको हो ।

उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएका छन् ।

त्यस्तै तेस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजार र चौंथो परोपकार आदर्श माविले ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।