क्रिकेट टोली मंगलबार स्वदेश फर्कने

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली टोली भोलि मंगलबार स्वदेश फर्कने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।

लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो । यस प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ ।

नेपाल २० खेलबाट १७ अंक सहित छैटौं स्थानमा रहेको छ । ओमान ३६ खेलमा ४४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।