सन्दीप टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

आज सोमवार भएको आयरल्यान्डसँगको खेलमा एक विकेट लिँदै सन्दीप टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका हुन् ।

आजको खेलमा आयरल्यान्डका जर्ज डोकरेलको विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।