ए डिभिजन लिगमा पुलिस र ब्रिगेडको गोल बराबरी

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमवार भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र ब्रिगेडले एकरएक गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमा नै रोशन राना मगरले गोल गरी ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर ब्रिगेडले अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै पुलिसले आठ खेलमा ७ अङ्क जोडेको छ । पुलिस तालिकाको ११ औँ स्थानमा रहेको छ । ब्रिगेड आठ खेलमा ६ अङ्कसहित १२ औँ स्थानमा छ ।

ब्रिगेड र पुलिसको खेलसँगै ुएु डिभिजन लिगमा आठौँ चरणका खेल सकिएका छन् । नवौँ चरणको खेल यही ३० गते शुक्रवारदेखि सुरु हुनेछ ।