बर्षाका कारण क्षति पुगेका स्थानमा तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण क्ष्ति पुगेका स्थानमा उद्धारमा जुटन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले अबिरल बर्षाका कारण मोरङ,झापा,रौतहट, रुपन्देही,कैलाली,कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको भन्दै उनले आफ्ना कार्यकर्ताहरुलाई सो आग्रह गरेका हुन् ।

उनले जनधनको क्षति भएका स्थानहरुमा तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन् – ‘अबिरल बर्षाका कारण मोरङ,झापा,रौतहट, रुपन्देही,कैलाली,कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको छ,जनजीवन अस्तव्यस्त छ। ति स्थानहरुमा तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्दछु। र उद्धारमा जुटन कांग्रेस पार्टीका सबै तहका साथीहरूलाई आग्रह गर्दछु।’