सुर्खेत । नेकपा एमाले नगरकमिटि अध्यक्षमा निलकण्ठ खनाल निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा आज बसेको प्रथम नगर अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
नगर कमिटि उपाअध्यक्षमा गजबहादुर बुढा, सचिबमा मधुरानी ढकाल, सहसचिबमा सहविर सुनार र भिम गुरुङ चयन भएका हुन् । ६५ सदस्यीय कमिटि सर्वसम्मतले चयन गरिएको पार्टिका प्रदेश कमिटि सदस्य मोहनमाया ढकालले जानकारी दिईन् ।
अधिवेशनमा पार्टिका प्रदेश सहइन्चार्ज तथा केन्द्रिय सदस्य यामलाल कँडेल , पार्टिका प्रदेश कमिटि सदस्य पद्मा खड्काको समेत उपस्थिती रहेको थियो । ,
फरकबाटो १५ कार्तिक २०७८, सोमबार १८:०२