टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा


सुर्खेत । प्रहरीले नेकपा एमालेका सचिव एवम् सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।

मङ्गलवार खुमलटार हाइटमा रहेको रायमाझीको घरमा प्रहरीले छापा मारेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन् । रायमाझी पक्राउ नपरेपछि आज प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो । रायमाझीको घरमा उनको गाडी भेटिएको थियो ।