सुर्खेत । पन्ध्रबुँदे माग सहित नेकपा माओबादी केन्द्र नगरकमिटी पञ्चपुरीले पञ्चपुरी नगरपालिका सुर्खेतलाई ज्ञापनपत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष केशव शाही सहितले आज नगरप्रमुख लालविर भण्डारीलाई ज्ञापनपत्र बुझाइएको कमिटीका प्रचारप्रसार संयोजक जगत ढकालले जानकारी दिए ।
उनका अनुसार भर्खरै स्थानिय तहको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुले निर्वाचनका दौरान गरेको प्रतिवद्धता विपरितका कामहरु गरिरहेको र करको दायरा समेत बढाएको कारण विभिन्न १५ वटा माग सहित ज्ञापन पत्र बुझाइएको हो ।
देश र जनताको आर्थिक अबस्था कमजोर बनेको यो विषम परिस्थितिमा नगरपालिकाले एकीकृत सम्पति कर , व्यावसायिक कर, सिफारिस दस्तुर लगायतका विभिन्न शिर्षकहरुमा वृद्धि गरिएको कर तथा शुल्क तत्काल पुर्णत खारेज गरिनुपर्ने , सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै असारे बिकासका नाममा रकमान्तर गरि कोटेशन मार्फत गरिएका अपारदर्शी योजनाका कामहरु तत्काल बन्द गरिनुपर्ने, प्राबिधिक शाखाका कर्मचारीहरुले उपभोक्ता समितिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्षपातपुर्ण व्यबहार गर्दै योजनाबद्ध रुपमा लागत स्टिमेट देखि योजना सम्पन्न सम्म कसैलाई मालामाल हुने र कसैलाई घरवारविहीन बनाउने अत्यन्तै अपराधीकपुर्ण कार्य तत्काल बन्द गरिनुपर्ने माग राखिएको हो ।
यस्तै शिक्षा शाखामा र यस शाखा मार्फत भइरहेका अनियमितता र मनपरितन्त्रको छानबिन गरि अब उप्रान्त यस्ता अनैतिक कार्य बन्द गरिनुपर्ने, सरकारी तथा निजि शिक्षण संस्थाहरुले विभिन्न शिर्षकहरुमा मनपरिरुपमा लिइरहेको शुल्कको अनुगमन गरि तत्काल रोक्ने व्यवस्था गरिनुपर्ने, आउदै गरेको हरितालिका तिज,दशै,तिहार जस्ता पर्ब हरुलाइ मध्यनजर गर्दै बाढीपहिरो पिडित लगायत प्राकृतिक बिपतमा परेका जनसमुदायहरु तथा सुत्केरी महिला र दिर्घरोगि जेष्ठ नागरिकहरुलाइ राहतको उचित प्याकेज बनाइ बितरण गरि विपन्न परिवारहरुको लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्ने लगाएत १५ वटा माग सहित जापनपत्र बुझाइएको हो ।
फरकबाटो १२ भाद्र २०७९, आईतवार १५:५२