
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने भएका छन् । उनले साँझसम्म राजीनामा दिने प्रदेश सरकारका एक मन्त्री जानकारी दिए ।
आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । यस पछि उनले राजीनामा दिने छन् ।
गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वास मत लिँदा माओवादी र काँग्रेसले सरकार आलोपालो सञ्चालन गर्ने सहमति गरेका थिए । सोही अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । अब काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् ।

फरकबाटो १५ कार्तिक २०७८, सोमबार १४:४९