आगामी तिन दिनको मौसम कस्तो रहन्छ ?

ठूलो पानी पर्ने सम्भावना छैन्

सुर्खेत ।  हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ । यद्यपी आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले बिहीबारदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् ।

अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना नभएको उनको भनाई छ । पानी पार्ने प्रणाली बाहिरिसकेकोले आजबाट धेरै ठाउँमा घाम लाग्ने उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तिन दिनसम्मको तिन दिनको पूर्वानुमान गर्दै हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ ।

आगामी २४ घण्टाको अवधिमा देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कात्तिक ०४ गते (बिहीवार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य वदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ कात्तिक ०५ गते (शुक्रवार)

दिउँसोः प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०६ गते (शनिवार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य वदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।