फोटो : रमन न्यौपाने
सुर्खेत । सुर्खेत–दैलेख सडक खण्ड अन्र्तगत वीरेन्द्रनगर नगरपालिका–७ कपासे नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
बा १ झ ८७८४ नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दुर्घटनास्थलमै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चारजना घाईते भएका छन् । घाइते हुनेहरुमा तुर्माखाद –२ अछामका २७ बर्षिया तुलसी रावल विसी, सोही ठाउँकी ३ वर्षया दिदिसा बुढा, कोहलपुर नगरपालिका –२ का ३१ वर्षिय भोजबहादुर घले र टिकापुर नगरपालिका –२ कैलालीका २७ बर्षिया सरस्वती विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएस्पी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार जीप करिब दिउँसो ४ बजेर २५ मिनेटमा दुर्घटना भएको हो ।
वीरेन्द्रनगर –१४ रातानाङ्गला सुर्खेतमा रहेको मौसमी राडर मर्मत सकेर फर्कँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको प्राविधिक टोली गाडी दुर्घटना परेको हो । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।



फरकबाटो ८ असार २०७९, बुधबार १८:५५