इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सुर्खेत । नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।