मानव अधिकार अवस्थाका विषयमा सञ्चारकर्मीसंग अन्तर्रक्रिया

सुर्खेत । मानव अधिकार अवस्थाका विषयमा सञ्चारकर्मीहरुसंग अन्तर्रक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) कर्णाली प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

मानव अधिकारका विषयलाई सञ्चारमाध्यमले कत्तिको स्थान दिन्छन् भन्ने विषयमा गरिएको अध्ययन समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक युवराज शर्माले सुर्खेतका दुईवटा दैनिक पत्रिकामा गरेको एकमहिनाको अध्ययनको प्रस्तुतीकरण कार्यक्रममा प्रस्तुत गरिएको थियो  ।

आफ्नो अध्ययन प्रस्तुत गर्दै शर्माले सञ्चारकर्मीहरुलाई तालिम र पुरस्कारको समेत व्यवस्था गर्न सके मानव अधिकारका क्षेत्रमा कलम चलाउन अझै प्रेरणा मिल्ने सुनाए ।

शर्माले गरेको अध्ययनअनुसार मानव अधिकारका विषय उठानमा सञ्चारमाध्यमले त्यति ध्यान नदिएको पाईएको छ ।

कार्यक्रममा कर्णालीको मानव अधिकारको अवस्थाको विषयमा ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीेले प्रस्तुतीकरण दिएका थिए । कर्णालीमा अझैपनि मानव अधिकारको अवस्था दयनिय भएको र मानव अधिकार संरक्षणको लागि सञ्चारमाध्यमहरुको भुमीका सशक्त हुनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरुले लेख्नुपर्ने विषय धेरै भएको र साधनस्रोतको  कमी भएकोले सबै विषय लेख्न समस्या हुने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णालीका प्रमुख मानवहादुर कार्कीले  मानव अधिकार उलघंन र मानव अधिकारका विषय फरक कुरा भएकोले यसमा  सबै जानकार हुनुपर्ने बताए । उनले कर्णालीको मानव अधिकारको अवस्था दयनिय भएकोले यसमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

ईन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले सञ्चारकर्मीहरुको सहयोगबिना नागरिकको अधिकारका क्षेत्रमा काम गर्न नसकिने भएकोले कलमका माध्यमबाट सहयोग गर्न आग्रह गरे । उनले कर्णालीको विग्रदो मावन अधिकारको अवस्थालाई सुधार्नको लागि सञ्चारमाध्यम एउटा खम्बा भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष देबीराम देवकोटा लगाएतले धारणा राखेका थिए ।