निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न संगठनको ११ औं जिल्ला अधिवेशनले हेमन्त चुनाराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्षमा सीता कँडेल, सचिवमा धर्मराज पौडेल, कोषाध्यक्षमा दिनेश खड्का र सह सचिवमा सुशील शर्मा रहेका छन् ।