झलनाथ खनाल आज सुर्खेत आउँदै

सुर्खेत । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज सुर्खेत आउने भएका छन् ।

नेकपा एकीकृत समाजवादी सुर्खेतको चुनावी जिल्ला भेलालाई सम्बोधन गर्न खनाल आज सुर्खेत आउने भएका हुन्।

आज दिउँसो ३ बजे खनाल सुर्खेत आइपुग्ने एकिकृत समाजबादी प्रदेशका सदस्य तथा कार्यालय सचिव बसन्त बि.कले जानकारी दिए ।

उनका अनुसार आजै खनालले सुर्खेत सभा हलमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । खनाल नेपालगञ्ज बिमानस्थल झरेर सुर्खेत आउन लागेका हुन् ।