जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

कान्तिपुरकर्मी पत्रकार ज्योति कटुवालले आफ्नो जन्मोत्सवको अवसरमा बादी सरोकार मञ्च नेपालद्धारा सञ्चालित बादी आवासगृहका बालबालिकसंग मनाएकी छिन ।

जन्मदिनको अवसरमा उनले वीरेन्द्रनगर ८ खजुरामा रहेको आवसागृहमा रहेका बादी बालबालिकालाई १० हजार बराबरको खाद्यान्न र २ हजार १ सय अक्षयकोषको लागी सहयोग गरेकी हुन । उक्त होस्टेलमा कर्णाली र सुदुरपश्चिमका ९२ जना बालबालिका अध्ययनरत छन ।

बादी समुदायका बालबालिकालाई मात्रै लक्षित गरी सञ्चालन गरिएको होस्टलमा आर्थिक अभाव भैरहदा कुनैपनि सरकारी निकायले सहयोग नगरेको सञ्चालक हिक्मत बादी बताउछन्।